अध्यक्ष नेपालबाट एमालेका अध्यक्ष ओलीको चर्को आलोचना

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन् ।

अध्यक्ष नेपालले प्रधानमन्त्रीबाट निकालेको पीडा खप्न नसकेपछि ओली भुक्दै हिँडेको भन्दै कोही डाक्टर भए उपचार गरिदिन सुझाव समेत दिए । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ओलीले आफूले गज्जव काम गरेको भनेर गुड्डी हाँक्दै हिँडेको आरोप समेत लगाए । अध्यक्ष नेपालले ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको टाउँकोमा टेकेर आफूलाई अग्लो देखाउन नेकपा एकता गराएको टिप्पणी समेत गरे । ओलीले पार्टीभित्र सबैलाई अनादर गरेपछि आफूहरुले अलग पार्टी बनाएको उनको दावी थियो ।

अध्यक्ष नेपालले ओलीले राप्रपाका नेताहरुलाई प्यारो ठान्ने गरेको टिप्पणी पनि गरे । उनले पार्टी भित्र ‘केपी बा’ भन्नेहरुलाई मात्रै ओलीले संरक्षण दिने गरेको बताए । उनले पार्टी नेता, कार्यकर्तालाई ओली दम्भी भएको भन्दै त्यस्तो नबन्न पनि पटकपटक सचेत गराए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्