‘सभापतिले आफुखुशी गर्न खोजे पार्टीले चुनावमा हारको सामना गर्न सक्ने’ : नेता कोइराला

Ad
  • कालोपाटी सम्बाददाता

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सभापतिले आफुखुशी गर्न खोजे पार्टीले चुनावमा हारको सामना गर्न सक्ने बताएका छन् ।

सुनसरीको इनरुवामा सञ्चारकर्मीहरु सँगको कुराकानी गर्दै नेता कोइरालाले कोइरालाले सभापतिले म सबैको हुँ भनेपनि विश्वासको वातावरण भने बनि नसकेको बताए । सभापति शेर बहादुर देउवाले विधानमा भएको ब्यबस्थालाई गलतरुपमा प्रयोग गरेर नियुक्ति गरिएको बताए । सभापति यसरि नै हिड्ने हो भने पार्टीले स्थानीय, प्रदेश र केन्द्रिय निर्वाचन जित्न नसक्ने बताए ।

एक फरक प्रशंगमा कोइरालाले आम नेपाली जनतामा एमसीसीको बारे फैलिएको त्रास चिर्न संसद मार्फत छलफल गरेर जे हुन्छ जानकारी दिनु आवश्यक रहेको बताए । कोइरालाले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका अस्तब्यस्त रहेको भन्दै अवरुद्ध संसद सुचारु गर्न तर्फ काँग्रेस र एमाले दुवै लाग्नु पर्ने बताए । न्यायपालिकामा दबाब दिन जरुरी रहेको बताएका कोइरालाले प्रधानन्यायाधिशले स्वयं निकाश खोज्नु पर्ने धारणा राखेका छन् ।

कोइरालाले आगामी चुनावमा नेपाली काँग्रेस एक्लै चुनाव लड्ने समेत दोहोर्याएका छन्  ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्