नेपाल प्रज्ञा प्रतिष्ठानले शाहको तीनसयऔं जयन्ती दिवसका अवसरमा पुस्तक प्रदर्शनीको आयोजना

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । पृथ्वीनारायण शाहको तीनसयऔं जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले पुस्तक प्रदर्शनीको आयोजना गरेको छ । आइतबार पुस्तक प्रदर्शनीको नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उद्घाटन गरे ।

प्रतिष्ठानले २०१४ सालदेखि हालसम्म प्रकासन गरेको पुस्तकहरु राखिएको छ । प्रदर्शनमा बजारमा अभाव भएका बिभिन्न कृतिहरुलाई प्रकाशन गरेर प्रदर्शनीमा राखिएको उप्रेतीले जानकारी दिए । हरेक नेपालीको हात र मनमा प्रज्ञाका पुस्तक पुराउनका लागि प्रदर्शनी गरिएको उनले जानकाकारी दिए ।

प्रदर्शनीमा भाषा, साहित्य, बालसाहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद र दर्शन सम्बन्धी पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य थायभू, आँगन लगायत धेरै विधाका पुस्तक समावेश गरिएको प्रतिष्ठानले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्