विद्यालय बन्द गर्ने की नगर्ने भने बारे निर्णय गर्न शिक्षा मन्त्रालयमा बैठक

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । पछिलो समय कोरोना भाइरसको संक्रमण तिव्र गतिमा बढिरहेकोले सरकारले माध्यमिक तहसम्मका विद्यालय केही दिनका लागि भौतिक कक्षा सञ्चालनमा रोक लगाउने तयारी गरेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले आधारभूत र माध्यमिक तहका विद्यालयमा १५ माघसम्म बिदा दिन सिफारिस गरेपछि शिक्षा मन्त्रालयले त्यसबारे आज निर्णय गर्ने मन्त्रालयमा बैठक बोलाइएको मन्त्रालयले जनाएको छ ।मन्त्रालयका प्रवक्ता दिपक शर्माले सोमबार ११ बजेपछि बस्ने बैठकले विद्यालयहरु कहिलेसम्म बन्द गर्ने भन्ने निर्णय गर्नेछ ।

आइतबार बसेको सीसीएमसी बैठकले विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित परीक्षा मापदण्ड पालना गरेरमात्रै सञ्चालन गर्न र माध्यमिक तहसम्मका विद्यालय माघ १५ सम्म बन्द गर्न सिफारिस गरेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्