राष्ट्रियसभाको निर्वाचनका लागि २६गतेदेखि लागू हुने गरी राष्ट्रियसभाको निर्वाचनका लागि आचारसंहिता लागू

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । आगामी माघ १२ गतेदेखि हुने राष्ट्रियसभाको निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरेको छ ।

आयोगले पुस २६ गते (सोमवार) बाट लागू हुने गरी राष्ट्रियसभाको निर्वाचनका लागि आचारसंहिता लागू गरेको हो । आजबाट लागू भएको आचारसंहिता संघीय सरकारदेखि प्रदेश सरकार, स्थानीय सरकार, गैरसरकारी क्षेत्रहरु र सबै राज्यका निकायहरुलाई आचारसंहिता लागू हुने निर्वाचन आयोगका सहसचिव कोमलप्रसाद धमलाले जानकारी दिए ।

सहसचिव धमलाले सरकारी, अर्धसरकारी, गैरसरकारी र निजी क्षेत्रलाई समेत निर्वाचन आयोगले जारी गरेको आचारसंहिता लागू हुने बताए । उनकाअनुसार निर्वाचन आयोगले आफ्नो कानूनि दायित्व निर्वाह गर्नको लागि पनि निर्वाचनको समयमा आचारसंहिता लागू गर्नुपर्ने हुन्छ । सहसचिव धमलाले यससँग सम्बन्धित संघसंस्थाका कर्मचारीहरुलाई विदेश भ्रमण जान भने आयोगको पूर्व सहमति लिनुपर्ने बताए  । सम्बन्धित उम्मेदवारदेखि, राजनीतिक दल, अन्य संघसंस्थाहरुलाई आचारसंहिता अध्ययन गर्न र आचारसंहिताले हुँदैन भनेका काम नगर्न पनि उनले अपील गरे ।

 

सहसचिव धमलाले कोरोनाले निर्वाचनका गतिविधिहरुलाई असर पारिरहे पनि कोरोनाबाट बच्न स्वास्थ्यका मापदण्डको पूर्ण पालना गराएर निर्वाचन गर्ने व्यवस्था मिलाएको बताए ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्