ओमिक्रोनको सामना गर्ने इजरायली रणनीति

Ad
  • कालोपाटी सम्बाददाता

विशेष गरी इजरायलले कोभिड–१९ विरूद्धको खोपको तीव्र अभियान सञ्चालन गर्न सक्नु र तेस्रो मात्रा लगाउनु पर्ने वा नपर्नेबारे बृहत् अनुसन्धान हुनुभन्दा पहिले ‘बुस्टर डोज’ वा तेस्रो खोप प्रस्ताव गर्ने प्रारम्भिक निर्णयका लागि कोरोनाभाइरस महामारीप्रति इजरायलको प्रतिक्रिया विश्वभर नजिकबाट नियालिएको छ ।

अहिले इजरायलमा पनि कोभिडको उत्परिवर्तित रूप ‘ओमिक्रोन’ सङ्क्रमण हुनेको सङ्ख्या अत्यधिक छ । मंगलबार ३७ हजारभन्दा बढी थप व्यक्ति कोभिडबाट सङ्क्रमित भएका रिपोर्ट सरकारले गरेको छ । यसले इजरायलले यस पहिले कोभिड नियन्त्रणका लागि गरेका प्रयासलाई ओझेलमा पार्ने त होइन ? चिन्ताको बिषय बनेको छ ।

तर सरकारले अहिलेसम्म हप्तौंपछि पनि संक्रमण बढ्दै गएको लेपनलाई रोक्न सक्नेछ भन्दै पुनः लकडाउन वा अन्य कडा प्रतिबन्धका उपाय अवलम्बन नगर्ने बताउँदै आएको छ ।

नोभेम्बर महिनामा पहिलो पटक दक्षिण अफ्रिकामा ओमिक्रोनको विविधता पत्ता लागेको केही समयपछि इजरायलले अन्तरराष्ट्रिय यात्रामा निकै रोक लगाएको थियो । तेल अभिभ नजिकैको बार इलान विश्वविद्यालयको जीव विज्ञानका प्राध्यापक सिरिल कोहेनले यसलाई ‘एउटा राम्रो कदम’ बताएका  थिए । यात्रा प्रतिबन्धको प्रभाबले इजरायलमा सङ्क्रमण तत्काल फैलिन सकेन र देशलाई कोभिड उपचार सामग्री जुटाउने र महामारीविरूद्ध सशक्त रूपमा अभियान सञ्चालन गर्ने मौका मिलेको छ ।

उनले भने , “तर अहिले इजरायलले परीक्षण क्षमतालाई पर्याप्त मात्रामा बढाउन यस पटक पहिले जस्तो अभ्यास गरेन किनकि परीक्षणबारे विश्वभरि निराशा उत्पन्न भएको छ ।”

घरेलु सङ्क्रमण दर बढ्दै गएको र प्रधानमन्त्री नाफ्टाली बेनेटले आउने हप्ताहरूमा दुई देखि ४० लाख सङ्क्रमणको पूर्वानुमान गर्दा यात्रा प्रतिबन्धले अर्थतन्त्रलाई हानि पु¥याउनेबाहेक अरू केही गर्ने छैन भन्ने निष्कर्षमा इजरायल पुगेको छ ।

यसले हवाई यात्राका लागि आफ्नो आकाश पुनः खोलेको छ र बार, रेस्टुराँ, व्यायामशाला, प्रार्थनागृह (चर्च) र अन्य सुविधाहरू खुला राख्न अनुमति दिएको छ ।

कोहेनले  भने , “इजरायलले प्रभावकारी ढंगमा ‘यस सङ्कटको केही व्यवस्थापन सरकारी अधिकारीहरूबाट जनतामा हस्तान्तरण गरेको’ छ । यसले यहाँका बासिन्दालाई आत्म–परीक्षण र दूरी कायम गर्ने प्रमुख जिम्मेवारी दिएको छ अर्थात् सङ्क्रमणबाट जोगिन नागरिकको स्तरबाट लिनुपर्ने सावधानीमाथि जोड दिएको छ ।

नयाँ सङ्कटको समाधानबारे इजरायली एसोसिएशन अफ पब्लिक हेल्थ फिजिसियन्सका प्रमुख हागाइ लेभिनले भने , ‘सामान्य जीवनलाई निरन्तरता दिने’ इजरायलको निर्णयले मानवीय स्वास्थ्यमा पक्कै पनि धेरै समस्या भने निम्त्याउने छ । लेभिनले पुनः लकडाउन नगर्ने निर्णयको समर्थन गरे  तर निकटमा हुने दैनिक नीतिगत समायोजनको घोषणाले सरकारले समस्याको सामना गर्नुपर्ने हुनसक्ने बताए ।

लेभिनको लागि ‘वर्तमान रणनीतिको मुख्य जोखिम राजनैतिक’ हो । उनले भने , “नीति परिवर्तन गर्दा लगातार भ्रम पैदा हुन्छ र सरकार नियन्त्रणमा छैन भन्ने भावना पैदा हुन्छ । यो सत्य हो कि कोभिड झट्ट नियन्त्रणमा हुन सम्भव छैन ।”

इजरायलका महामारी प्रतिक्रिया प्रमुख सलमान जारकाले पनि सोमबार चेतावनी दिँदै भने , सङ्क्रमण फैलिँदै जाँदा विशेष गरी स्वास्थ्य सेवा प्रणाली र अनिवार्य ‘आइसोलेसन’को नीतिले श्रम शक्तिलाई अझ बढी तनाव दिनेछ ।

“स्वास्थ्य प्रणाली र आवश्यक अर्थतन्त्रमा धेरै कामदारहरू संक्रमित हुनेछन् भन्ने हामी अनुमान गर्छौं,” उनले सञ्चारकर्मीसँग भने , सङ्क्रमण परीक्षण गर्ने तर असिमित रूपमा परीक्षण गरिरहेका चयन गरिएका व्यक्तिहरूका लागि एकान्तमा बस्ने अवधि छोट्याउन सक्ने सम्भावना जाँच गरिंदै थियो ।

इजरायलका ८० प्रतिशत भन्दा बढी वयस्क बासिन्दाहरूले दुईवटा कोरोनभाइरसविरूद्धको मात्रा प्राप्त गरेका छन् र आधाभन्दा बढीलाई ‘बूस्टर डोज’ प्राप्त भएको छ ।

बेनेटले गत महिना इजरायलले ओमिक्रोनविरुद्ध चौथो मात्रा दिनसक्ने लक्ष्य राखेको कुरा बताएका थिए ।

कुनै–कुनै जोखिमपूर्ण समूहहरूले यसको असरबारे वैज्ञानिक प्रमाणहरू कम भएपनि अहिले चौथो मात्रा लिन थालिसकेका छन् ।

लेभिनले भने , “इजरायल वैज्ञानिक प्रमाण बिना तर तर्कमा आधारित कार्यहरू गर्न खुला छ ।”

उनले भने , “जसरी पहिलो र तेस्रो मात्रा जसलाई तुरुन्तै लगाइयो र पछाडि फर्केर हेर्दा यसको प्रतिफल राम्रो पाइयो । त्यसैले यो कहिलेकाहीं आवश्यक पर्छ ।”

इजरायलको शेबा मेडिकल सेन्टरको प्रारम्भिक तथ्याङ्कले चौथो मात्रा दिइएका व्यक्तिहरूमा उल्लेखनीय एन्टिबडी बढाउने संकेत गरेको छ ।

यद्यपि कोहेनले अर्को ‘बूस्टर डोज’ लगाउनेबारे कुनै निष्कर्षमा पुग्न धेरै हतार गर्न नहुनेमा जोड दिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्