सेञ्चुरी क्यापिटल मार्केट्सको  प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार श्रेष्ठ नियुक्त

Ad
  • कालोपाटी सम्बाददाता

सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा श्री रमेश कुमार श्रेष्ठ नियुक्त भएका छन्  । सेञ्चुरी बैकको सहायक कम्पनी सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडमा २०७८ माघ २ गतेदेखि श्रेष्ठले पदभार गर्नेछन्  ।

श्री रमेश कुमार श्रेष्ठ यस अघि बैंकको प्रमुख बजार अधिकृतका रुपमा कार्यरत थिए । वाणिज्य शास्त्रमा स्नातकोत्तर गर्नु भएका उनले हिमालयन बैंक, सिद्धार्थ बैंक र सेञ्चुरी बैंकमा विभिन्न पदमा रहि बैकिङ्ग क्षेत्रमा २० वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन्  । उनि संचालन, व्यवस्थापन तथा व्यवसाय प्रर्वद्धनमा विशेष दख्खल राख्ने एक अनुभवी तथा कुशल व्यवस्थापकको रुपमा चिनिन्छन्  ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्