स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक प्रत्येक वर्ष गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु भएको छ ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत लिने गरीन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ ।बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा रहेको छ ।

यस अवसरमा माघ शुक्ल पूर्णिमाको दिन देखि एक महिनासम्म उपत्यकाको उत्तरपूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालिनदीमा माधवनारायणको मेला लाग्दछ । यस वर्ष भने कोरोनाका कारण धेरै चहलपहल नहुने भएको छ । यस वर्ष कोरोनाको महामारीका कारण माधनारायण मेला नगरी व्रतमात्र गर्ने गरी तयारी भएको छ । ।

श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अनुसार वर्तालुका लागि साँखुस्थित शालिनदीमा सम्पूर्ण तयारी पूरा गरिएको ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्