महालक्ष्मी विकास बैंकलाई साधारणसभा नगर्न सर्वोच्च अदालतको आदेश

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सर्वोच्च अदालतले महालक्ष्मी विकास बैंकलाई माघ ३ गते मंगलबार वार्षिक साधारणसभा नगर्न अन्तरिम आदेश दिएको छ ।

मंगलबार केन्द्रिय कार्यालय दरबारमार्गमा बिहान १० बजे बैंकले आफ्नो बीसौँ वार्षिक साधारणसभा गर्ने भएको थियो तर त्यसअघि नै अदालतले साधारणसभा नगर्न आदेश दिएको हो । अदालतको आदेश पछि बैंकको साधारणसभा रोकिएको छ । यसअघि पनि गणपुरक संख्या नपुगेपछि बैंकको साधारणसभा स्थगित भएको थियो ।

उच्च अदालत पाटनको आदेशपछि महालक्ष्मी विकास बैंकका सञ्चालकहरुको निर्वाचन कार्यक्रम पनि स्थगित भएको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्