तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न गाउँपालिका र नगरपालिका संघको माग

Ad
  • कालोपाटी सम्बाददाता

काडमाडौँ । तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न स्थानीय सरकारका प्रमुखहरूका संस्था गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले माग गरेका छन् ।

सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै तीन वटै संस्थाले स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल शुरु गर्न भनेका हुन् । समयमै निर्वाचन नभए पालिका प्रमुख अध्यक्ष, उपप्रमुख उपाध्यक्ष र वडाध्यक्षले गर्दै आइरहेका सिफारिसलगायतका कार्यहरु अवरुद्ध हुने र त्यसले लोकतन्त्र र संघीय शासन प्रणालीप्रति नै नकारात्मक प्रभाव पर्न सक्ने विज्ञप्तिमा उल्लेख गरेको छ । निर्वाचन आयोगले आगामी वैशाखभित्र निर्वाचन गर्ने गरी सुझाव दिए पनि सरकारले निर्वाचनको मिति तोकेको छैन् । यही बेला तीन वटै संस्थाले विज्ञप्ति निकालेर सरकारको ध्यानाकर्षण गरेका हुन् ।

निर्वाचन आयोगले वैशाखभित्र निर्वाचन गरिसक्नुपर्ने भनेको भए पनि गाउँपालिका राष्ट्रिय महासंघ, नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले आगामी जेठभित्र निर्वाचन गरिसक्नुपर्ने उल्लेख गरेको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्