प्रदेश २ को प्रदेश सभा बैठक शुरु

Ad
  • कालोपाटी सम्बाददाता

काडमाडौँ । प्रदेश २ को प्रदेश सभा बैठक शुरु भएको छ । बिहान ११ बजे शुरु हुने भनिएको बैठक करीब दुई घण्टापछि शुरु भएको हो । बैठकमा प्रदेश २ को राजधानी तथा नामाकरण सम्बन्धी अध्ययन विशेष समितिको प्रतिवेदनमाथि छलफल जारी छ ।

अध्ययन विशेष समितिले प्रदेशको नाम मधेस, जानकी, मिथिला भोजपुरा र मध्य मधेश तथा राजधानी जनकपुरसहित उत्तर पूर्वमा ढल्केवर(कमला हुँदै दक्षिणमा नेपालको सीमासम्म, वीरगन्ज महानगरपालिका र वीरगन्ज, सिमरा जितपुर, निजगढ हुँदै सिम्रौनगढसम्मको भूगोल समेटिएको प्रतिवेदन पेश गरेको छ ।

सहमति भए सहमतिमा र सहमति नभए मतदानबाट राजधानी तथा नामाकरण सम्बन्धी विषयमा निर्णय लिने तयारी भएको प्रदेश सभा सचिवालय बताए । प्रदेशसभामा मतदानका लागि पहिले राजधानी सम्बन्धी प्रस्ताव प्रस्तुत गरिनेछ ।पहिलो मतदान हुने प्रस्ताव दुई तिहाई बहुमतले पारित भए प्रदेशको नाम र राजधानी टुंगिनेछ । तर, मतदानबाट प्रदेश नम्बर २ को नाम र राजधानी टुंगिने संकेत देखिएको छैन् ।

प्रदेशको नाम ‘मधेस’ जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र माओवादी केन्द्र ले गरेको प्रस्ताव हो । जानकी नाम एमाले र नेकपा एकीकृत समाजवादीतथा मिथिला(भोजपुरा कांग्रेसको प्रस्ताव हो । सबै राजनीतिक दलमा बारा पर्साका सांसदको छुट्टै प्रदेशको नाम मध्य मधेस भनेर पनि प्रस्ताव गरेका छन् । राजधानीमा जनकपुर सबै दलको साझा प्रस्ताव हो । तर, बारा सबै दलका सांसद्हरुले राजधानीमा वीरगन्ज छुट्टै प्रस्ताव गरेका छन् ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्