आफ्नो कार्यकालको एक सय दिन निकै उपलव्धीपूर्ण रहेको मन्त्री झाँक्रीको दावी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफ्नो कार्यकालको एक सय दिन निकै उपलव्धीपूर्ण रहेको दावी गरेका छन् । आफू मन्त्री भएर आएको एक सय दिनमा गरेका कामका बारेमा जानकारी दिन सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मन्त्री झाँक्रीले आफ्नो कार्यकालमा मन्त्रालयको समग्र प्रगती १८ दशमलव ९१ प्रतिशत रहेको समेत जानकारी दिए ।

विद्यमान राष्ट्रिय शहरी नीतिलाई परिमार्जन गरी संघीय ढाँचा अनुकूल बनाउन प्रस्तावित नीतिका उद्देश्यहरुलाई अन्तिम रुप दिई प्रदेश र स्थानीय तह लगायतका सरोकारवालासँग अन्तरक्रिया गर्ने तयारी गरिएको उनल बताएका छन् भने युटिलिटि कोरिडोर सम्बन्धी व्यवस्था र शहरी पूर्वाधारमा ऋण तथा अनुदान लगानीका विषयहरुमा दिशाबोध हुने गरी शहरी विकास विधेयकको मस्यौदालाई अन्तिम रुप दिईएको र बागमती नदी र यसका सहायक नदीहरुलाई स्वच्छ, सफा तथा प्रदुषणमुक्त राख्न बागमती सभ्यता संरक्षण तथा विकास सम्बन्धी विधेयकको मस्यौदालाई अन्तिम रुप दिईएको उनले बताए । त्यस्तै उनले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट हस्तान्तरण भई आएका बाँकी कार्यहरु सम्पन्न गर्न कार्यालय, संगठन संरचना, जनशक्ति र बजेटको व्यवस्था मिलाईएको जानकारी दिए । उनले अहिले मन्त्रालयले गतिका साथ काम गरिरहेको दावी गरे ।

फोहोरमैला व्यवस्थापन सम्बन्धमा प्रदेश सरकार र स्थानीय तहहरुलाई प्राविधिक सहयोग गर्ने उद्देश्यले शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत रहने गरी फोहोरमैला व्यवस्थापन सहयोग केन्द्र स्थापना गरिएको उनले बताए । सातवटै प्रदेशमा एक एक वटा सुविधासम्पन्न सभाहल निर्माण गर्ने सरकारको नीति अनुसार कर्णाली प्रदेशको सुर्खेतमा निर्माणाधीन ९८० सिट क्षमताको सभा हल निर्माण कार्यको पहिलो चरणको कार्य सम्पन्न भई वीरेन्द्रनगर नगरपालिकालाई हस्तान्तरण गरिएको मन्त्री झाँक्रीको कार्यप्रगति विवरणमा उल्लेख छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्