राष्ट्र बैंकका १४८ कर्मचारीलाई कोरोना संक्रमण पुष्टी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल राष्ट्र बैंकका १ सय ४८ कर्मचारीलाई कोरोना संक्रमण पुष्टी भएको छ । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि राष्ट्र बैंकले ‘वर्क फ्रम होम’को नीति अवलम्बन गरेको राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टले जानकारी दिएका छन् ।

राष्ट्र बैंकले अत्यावश्यक बाहेक सबै सेवा तथा सुविधाहरु घरबाटै दिन निर्देशन दिएको हो । मंगलबार मात्रै १० हजार बढीमा कोरोना संक्रमण देखिएको थियो । सोसंगै बैंक तथा वित्तीय संस्थामा पनि संक्रमणको उच्च जोखिम बढ्न थालेको छ । राष्ट्र बैंकले यसअघि नै बैंक तथा वित्तीय संस्थाका लागि सूचना जारी गर्दै सतर्कता अपनाउन निर्देशन दिइसकेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्