नेपालमा बिहीबार १२ हजार ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपालमा बिहीबार १२ हजार ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २१ हजार ७ पिसिआर परिक्षणका क्रममा १० हजार ५२ जना र ६ हजार ४ सय ९० एन्टीजेन परिक्षणका क्रममा २ हजार २ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९५ हजार ८ सय ८८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ६ सय ३२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ६ सय ४९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १८ हजार ८ सय ९ जना निको भएका छन् । हाल नेपालमा ५७ हजार ३ सय २८ सक्रिय संक्रमित आइशोलेशन र १ सय २५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्