सरकारको निर्णय विपरीत खुल्ने विद्यालयलाई कारबाही गर्ने महानगरको चेतावनी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाले सरकारको निर्णय विपरीत विद्यालयहरु खुल्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । काठमाडौँ को केही निजी विद्यालयहरु अटेर गरी खुलिरहेको गुनासो आएकोले तत्काल बन्द गर्न महानगरले निर्देशन दिएको हो ।

कोरोना संक्रमणको तेस्रो लहर तीव्र रुपमा फैलन थालेपछि सीसीएमसीको सिफारिसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुष २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । महानगरपालिकाका वडा नं १५ र १८ का केही निजी विद्यालय सञ्चालन भइरहेका गुनासो आएको शिक्षा विभाग अधिकृत रामप्रसाद सुवेदीले जानकारी दिए ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्