भोटिया खोलामा पुल निर्माण हुने

Ad
  • कालोपाटी सम्बाददाता

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकाको दक्षिणी सीमा क्षेत्रमा पर्ने वडा नं १५ स्थित भोटिया खोलामा पुल निर्माण हुने भएको छ ।

रु चार करोड १६ लाख ४१ हजारको लागतमा दुई वर्षमा सो पुल निमार्ण भइसक्ने सम्झौता भएको उपमहानगरपालिकाले जनाएको छ । इटहरी र इनरुवा जोड्ने सो पुल निर्माणपछि स्थानीयवासी अत्यन्तै लाभान्वित हुने बताइएको छ । खेतीपाती गर्न र कृषिउपज बजारसम्म पु¥याउनका लागि स्थानीयवासीलाई पुल अति नै आवश्यक भएकाले उपमहानगरपालिकाले पुल निर्माण गर्न लागेको हो ।

सो पुलको आज शिलान्यास गर्दै इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकालाल चौधरीले नगरको स्रोतले भ्याएसम्म जनताको सेवामा समर्पित रहने बताए । उनले अहिलेसम्ममा सानाठूला गरी १९ वट पुल नगर क्षेत्रमा बनाइसकेको जानकारी दिँदै जनप्रतिनिधिको काम नै जनताको सेवा हो भने ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य सुवेदीले निर्धारित समयमै गुणस्तरीय काम हुनुपर्नेमा जोड दिए । वडा नं १५ का कार्यवाहक वडाध्यक्ष सुबोधनारायण चौधरी र वडासदस्य अशोक चौधरीले स्थानीयवासीको एउटा ठूलो समस्या समाधान हुन लाग्दा खुसी व्यक्त गरे । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्