मेयर शाक्यद्धारा चाबहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । काठमाडौंको चाबहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास गरिएको छ ।

आईतबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको चाबहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास गरेका हुन् । पुल शिलान्यास गर्दै मेयर शाक्यले आकाशे पुल निर्माणपछि ट्राफिक जामको समस्या कम हुने बताए । उनले स्थानीयहरुको मागअनुसार पुल शिलान्यास गरिएको र स्थानीयको साथ रहेमा समय अगावै निर्माण कार्य सम्पन्न हुने बताए ।

पुल निर्माणको ठेक्का सविरा कन्स्ट्रक्शनले पाएको छ भने २०७९ जेठ मसान्तसम्म पुल निर्माण सकिसक्नु पर्नेछ । दुवै पुल ३३ मिटर लम्बाई र २ मिटर चौडाईको हुनेछ भने यसमा कार्यावेश रकम भ्याटसहित १,३०,४२, ५७८-६४ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्