जीप दुर्घटना हुँदा तीनको मृत्यु , दुई घाईते

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । ओखलढुंगामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको अनुसार मानेभञ्ज्याङ–१ मोलीबाट ओखलढुंगा सदरमुकाम जाँदै गरेको को १ ज ३५६९ नम्बरको जिपमा माथिबाट खसेको ढुंगा लागेर दुर्घटना हुँदा मानेभञ्ज्याङ–१ का ३० वर्षीय हेमबहादुर मगर, सिद्धिचरण नगरपालिका–१ का १० वर्षीय युसब कोइराला र ७ वर्षीया युनिसा कोइरालाको मृत्यु भएको प्रहरीका अनुसार युसब र युनिसा एकै परिवारका हुन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्