आज मध्यरातिदेखि राष्ट्रिय सभा निर्वाचनको मौन अवधि सुरु हुदै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि आइतबार राति १२ बजेदेखि निर्वाचनको मौन अवधि सुरु हुने भएको छ । मौन अवधि सुरु हुनुभन्दा अगाडि नै निर्वाचन चिह्न लगायतका प्रचार सामग्री हटाउनुपर्ने लगायतका आचरण पालना गर्न निर्वाचन आयोगले सबैलाई आग्रह गरेको छ ।

राष्ट्रियसभा निर्वाचन माघ १२ गते बुधबार हुँदैछ । मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न पाइँदैन भने मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार प्रसारका सामग्री हटाएको हुनुपर्ने छ ।

यस्तै एस।एम।एस, फेसवुक, भाईवर जस्ता बिद्युतीय माध्यम प्रयोग गरेर मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ । उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नपाइने भन्दै आयोगले उल्लिखित आचरणहरु पालना गर्न गराउनका लागि सबैसँग अनुरोध गरेको छ ।

यसैगरी निर्वाचन प्रयोजनका लागि मतदाताले मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र देखाएर मतदान गर्न पाउने व्यवस्था गरेको आयोगले त्यसका लागि आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन समेत दिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्