नेपालमा सोमबार १० हजार ३ सय १९ जनामा कोरोना संक्रमण पष्टी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपालमा सोमबार १० हजार ३ सय १९ जनामा कोरोना संक्रमण पष्टी भएको छ ।

देशभर गरिएको १६ हजार ६ सय ५४ पिसिआर परिक्षणका क्रममा ८ हजार ५४ जना र ४ हजार ५ सय ४७ एन्टीजेन परिक्षणका क्रममा २ हजार २ सय ६५ जनामा कोरोना संक्रमण पष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १० लाख ३३ हजार ६ सय २६ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६ सय ५९ पुगेको छ । त्यस्तै थप २ हजार ५ सय ४० संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख २४ हजार २ सय ३९ संक्रमित निको भएका छन् । हाल नेपालमा ८२ हजार ५ सय ५० सक्रिय संक्रमित आइशोलेशन र १ सय ४९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्