नेपाली जनता राजनितिक दलको शिकार बन्ने दिनको अन्त्य कहिले सरकार ?

Ad
  • कालोपाटी सम्बाददाता

नेपाल सरकारले २०७४ सालमा स्थानीय चुनाव गरायो । आम नागरिकले मतदान गरे, तर धेरै क्षेत्रमा एमालेको मेयर र वडाध्यक्ष विजयी बने । त्यसकै आधारमा सांसदको चुनाव भयो । एमालेकै सांसदले धेरै क्षेत्रबाट जिते । जनताको मतबाट आएका एमालेका सांसदले केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाए ।
केपी ओली प्रधानमन्त्री भएसंगै नेपालमा एकाएक कोरोना पनि फैलियो । पहिलो लहरको कोरोना नागरिकमा पुष्टि भएपछि २०७६ चैत ११ गते ओलीले लकडाउनको घोषणा गरे । दोस्रो लहरको कोरोनाले विकराल रुप लिएपछि पुन ओलीकै निर्देशनमा २०७८ वैशाख १६ गते मुलुकभर लकडाउन गरियो ।
लकडाउन गरेपछि नागरिकहरु आआफ्नो घरमा बसेका थिए । भए खाए नभए भोकभोकै रन्थनिएर बसे । ओलीले गरेको लकडाउनले जनताको साथ पाएको थियो । लकडाउन गरेर केही सिमितलाई घाटा भएपनि कोरोनाको मृत्युदर र संक्रमणदर केही हदसम्म घटेको थियो । ओलीको सरकारमा भएका केही मन्त्रीले व्यापारीसंगको मिलोमतोमा लकडाउन खुकुलो गर्दै गए ।
कोरोना पुर्ण रुपमा नियन्त्रण नभइकन व्यवसायीको दबाबमा सरकारले लकडाउन खुकुलो गप्यो । नेपालको अर्थविद्हरुले केपी ओलीले मुलुकको अर्थतन्त्रलाई चुरचुर बनाइदियो भनेर आरोप लगाए । तर, पनि ओली ढग्मगिएनन् र उनीहरुलाई सक्दो जवाफ दिए । त्यतिखेर उनले पहिले जनता हो त्यसपछि अर्थतन्त्र भनेर अर्थविद्हरुको मुखमा बुझो कोचिदिएका थिए ।
केपी ओली सत्तामा हुँदा नेपाली कांग्रेस पार्टी सत्तामा थियो । कांग्रेस पार्टीले यो लकडाउन गरेर सत्ता बचाउन ओलीको रणनिति हो भनेर आरोप लगाए । केपी सरकारबाट हटे कोरोनाले पनि विकराल रुप लियो । अहिले दिनहु १० हजारभन्दा बढी कोरोना संक्रमित भेटिरहेको छन् ।
हालको सरकारको विपक्षको पार्टी एमाले नै हो । तर, लकडाउन गर्नुपर्छ, कोरोनाबाट जनता बचाउनुपर्छ भनेर केपी ओलीले नबोल्दा कांग्रेसले लगाएको आरोप सही पुष्टि हुन थालेको छ । नेपाली जनताले समेत ओलीमाथि शंका गरेका छन् । अब आउने चुनावमा खर्च जुटाउनको लागि एमाले पार्टीले लकडाउन गर्ने सरकारलाई दबाब नदिएको बुझिन्छ ।
यता, व्यापारीहरु रिसाउने अर्कोतिर चुनाव खर्च पनि नजुट्ने भएपछि एमाले मौन बसेको प्रष्ट देखिएको छ । चुनाव खर्च बटुल्नको लागि उधोग व्यवसायीको विरोधमा एमाले बोल्दैन । एमालेको रणनिति कांग्रेसको चलिरहेको सरकारलाई कमजोर बनाउने मात्र हो । आगामी चुनावमा नारा बनाउनको लागि पनि एमाले सरकार मौन बसेको हो ।
कांग्रेसले केही गर्न सकेन्, लकडाउन नगर्दा यत्रो जनताले अकामा ज्यान गुमाउनुपप्यो भन्दै एमालेले भोट माग्ने निश्चित छ । कांग्रेसलाई जनताको माया छैन्, काम र्न सक्दैन् भन्दै एमालेले चुनावमा हल्ला फिजाउछन् । केपी ओलीको मनमा एउटै कुरा खेलिरहेको छः अहिले कोरोना लागेर मरेका सबै कांग्रेसको कार्यकर्ता हुन् । यिनीहरु मरेर हाम्रो पार्टीलाई केही घाटा हुदैन् भनेर एमाले गुपचुप बसेको छ ।
तर, कोरोनाले मरेको मानिसहरु सर्वप्रथम नेपाली जनता हुन् । कार्यकर्ता त उनीहरु पछि मात्र भएका हुन् । यत्रो मरेको १२ हजारमध्ये कोही त एमालेको कार्यकर्ता पनि थिए होला । तापनि, एमालेलाई चुनाव खर्चभन्दा ठुला केही भएन् । यता, एमालेको रणनिति कांग्रेसले बुझ्न सकिरहेको छैन् ।
पछिल्लो केही समययता नेपालमा कोरोनाले डरलाग्दो रुप लिइरहेको छ । जसको कारण सर्वसाधारणलाई मर्ने पो हो कि भन्ने चिन्ताले पिरोलिरहेको छ । अस्पतालको शैयामा दिनहु हजारौको चित्कार सुनिन्छ भने कतिपयको कोरोनाले ज्यान लिँदा दाहसंस्कार भइरहेको छ । सर्वसाधारणको सरकारसंग एउटै मात्र आशा छ जसरी हुन्छ सरकारले हामीलाई बचाइदिए हुन्थ्यो ।
लकडाउन गरेर कोरोना नियन्त्रण गरिदिदा पनि नेपाली नागरिकको मनमा एउटा बाँच्ने आशा जाग्छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारभन्दा एमालेकै सरकार ठिक रहेछ भन्ने जनताको मनमा परिसकेको छ । केपी ओलीको सरकार भए लकडाउन गरेर हामीलाई बचाउथ्यो भन्ने आश सबैले गरेका छन् ।
हाम्रो लागि एमालेकै सरकार ठिक रहेछ भन्ने विषय अहिले सर्वत्र चर्चामा पुगेको छ । जनताको लागिभन्दा पनि उधोग व्यवसायीको प्यारा कांग्रेस सरकारलाई अब सर्वसाधारणले गन्दैन् । जनतालाई निराश बनाएर उधोग व्यवसायीको अगाडि लम्पसार परेका देउवाले यसको नतिजा आउने चुनावमा देख्नेछन् ।
कांग्रेस सरकारले भनेकै बेलामा कोरोना नियन्त्रण गरेर जनता नबचाउने हो भने कांग्रेस पार्टीलाई मत पाउन हम्मेहम्मे पर्नेछ । दुई चोटि सांसद विघटन गरेका केपी ओलीतिर नेपाली जनता निकै नै खन्निएका थिए । अदालतले सांसद व्युताइदिए पनि कांग्रेसले सदन सञ्चालन गर्न सकेको छैन् ।
एमालेले सदन अवरोध गरेको गप्यै छ । सदन सञ्चालन गर्न पनि एमालेले दिइरहेको छैन् । त्यस्तै, कोरोना नियन्त्रणमा पनि एमालेले रोक लगाइरहेको छ । उता, कांग्रेसको सरकार लाई जनताबाट नांगो बनाउन एमालेले सक्दो प्रयास गरिरहेको पाइन्छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सदन विघटन गर्नतर्फ लागिपरेको छ ।
यत्रो कोरोना फैलिदा पनि स्थानीय सरकारले एकशब्द पनि बोलेको छैन् । किनकि अधिकांश जिल्लाका मेयर र वडाध्यक्ष एमाले पार्टीका छन् । वडाध्यक्ष र मेयर नबोल्नु भनेको कांगे्रस को सरकार आफैमा असफल बन्नु हो । जनताको मतबाट प्रतिनिधि भएकाहरु सर्वसाधारण हरु अस्पतालको बेडमा छटपटाइरहदा पनि मौन बसेका छन् ।
यो सरकारलाई सहयोग गप्यो भने हाम्रो पार्टीलाई अर्कोचोटि चुनाव जित्न धौ धौ पर्छ भनेर एमालेका जनप्रतिनिधिहरु देखेपनि नदेखेजसो गरेर बसेका छन् । केपी ओलीको सरकार हुदा जनप्रतिनिधिहरुले कति सक्रियता देखाएका थिए । घरभित्रै बस्नुपर्छ भन्दै माइकिङ गरेर हिडेको सबैलाई अझै पनि याद नै छ ।
एउटा वडाको मानिसलाई अर्को वडामा जानसमेत रोक लगाएका थिए । तर, त्यही जनप्रतिनिधिहरुले अहिले चुइको आवाज समेत निकालेका छैनन् । जनप्रतिनिधिहरुले त्यतिखेर राहत बाँडेर उल्का गरेका थिए । आफ्नै कार्यकर्तालाई राहत बाँडेर नाटक गरेका यिनीहरु अहिले साम्य बनेका छन् ।
नाटकै हो नौटंकी नै हो भनेर बोल्नेका जनप्रतिनिधिहरु अहिले कुन दुलोमा गएर बसिरहेका छन् । आफ्नो फाइदाको लागि मात्र जनताको नाम लिनेहरुको दाउपेच सबैले बुझेका छन् । सरकारलाई सहयोग पनि नगर्ने, जनताको विषयमा पनि नबोल्ने । आफ्नो कार्यकर्ता अस्पतालको बेडमा छटपटाउदा त मानवता नदेखाएकाहरुले अरुको लागि के गर्लान् ?
उपत्यकाभित्रका मेयर र वडाध्यालेसहयोग नगर्दा कोरोना नियन्त्रण गर्न सरकारलाई निकै गाह्रो भएको छ । जसको कारण कांग्रेस सरकार के गर्ने ? के नगर्ने ? मै अल्मलिएको हो । आफ्नो सत्ता चल्दा मात्र जनताको विषयमा बोल्ने हो ? हरेक पार्टीको यही नियत र प्रवृत्तिको कारण सर्वसाधारणले धेरै दुःख पाएका छन् ।
उपत्यकामा धेरै एमालेकै जनप्रतिनिधि छन् । केही दिनअघि मात्र काठ्माडौको मेयर विधासुन्दर शाक्यले यो सरकारले कोरोना नियन्त्रण गर्न नसक्ने दाबी गरेका थए । हामीसंग सल्लाह नगरि सरकारलाई चल्मालाउन पनि गाह्रो हुने उनको भनाइ थियो । हाम्रो इसारामा सरकार चल्नपर्छ भनेर उनले अप्रत्यक्ष रुपमा भनेका थिए ।
कांग्रेस र एमालेको टक्करले नेपाली नागरिक कोरोना संक्रमित भएका छन् । यी पार्टीको मनमुटावको कारण धेरै नेपाली जनताले ज्यान गुमाउनुपर्ने स्थितिको सिर्जना भएको छ । पद र पार्टीभन्दा माथि उठेर जनताको लागि सोच्ने कि ? जनता छैनन् भने राजनितिचाहि कहाँ गएर गर्ने ?
कोरोना लागेर मर्ने पहिले जनता हुन् कि कार्यकर्ता ? यसको जवाफ यिनीहरुले दिनैपर्छ । कोरोना लागेर सित्तैमा ज्यान गुमाएकाहरुले बाचुञ्जेल राज्यलाई कर तिरेको थियो । त्यही करबाट राजनितिक दलका नेताहरुले तलबभत्ता खाए, सेवासुविधा पाए । तर, उनीहरुले के पाए ?
उनीहरु अपहेलनाको शिकार मात्र भए । यिनीहरुले नेपाली जनतालाई भोट दिने र कर तिरिदिनेभन्दा अरु केही सोचेनन् । भीडभाड रद्दीभर पनि कम भएको छैन्, कोरोना लागेर मर्नेको संख्या पनि जस्ताको त्यस्तै छ । अझै पनि कुर्सीको बारेमा मात्र सोच्ने हो भने सरकारले निकै क्षति पुप्याउनेछ ।
राजनितिक पार्टीको आआफ्नो महत्वकांक्षाका कारण हामी मर्न परोस् । नेपाली जनता राजनितिक दल शिकार बन्ने दिनको अन्त्य कहिले सरकार ? उनीहरुको लागि हाम्रो बलिदान दिने दिनको अन्तय होस् । हरेक नेपाली जनताले पनि पहिले नेपाली बनौ । पार्टीको कार्यकर्ता भएर मात्र नसोचौ । एमाले र कांग्रेसको बिचमा हामी पिल्सिन बाध्य भएका छौ । हामीलाई कोरोना लाग्नबाट कसले बचाउने हो सरकार ?
अनुसा थापा
भक्तपुर

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्