ओमिक्रोन भेरियन्टले नयाँ भेरियन्ट बनाउने जोखिम रहेकोले निरन्तर सावधानी अपनाउन आग्रह

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विश्वभर फैलिएको कोभिड–१९ भाइरसको ओमिक्रोन भेरियन्टले नयाँ भेरियन्ट बनाउने जोखिम रहेकोले निरन्तर सावधानी अपनाउन आग्रह गरेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख कृष्णप्रसाद पौडेलले ओमिक्रोन भाइरस जतिधेरै फैलिन्छ उति नै नयाँ भेरियन्ट बन्ने जोखिम रहेको बताए । ओमिक्रोनबाट उत्परिवर्तन भएर आउनसक्ने भेरियन्ट ओमिक्रोन भन्दा घातक जटिल प्रकृतिको पनि हुन सक्ने आवस्था रहेकोले निरन्तर सावधानी अपनाउन आग्रह गरे । डा. पौडेलले भाइरसमा छिटो छिटो उत्परिवर्तन अथवा आनुवांशिक परिवर्तन हुने भएकोले ओमिक्रोन कमजोर भयो डेल्टा भेरियन्टलाई बिस्थापित ग¥यो भनेर ढुक्क हुन नसकिने बताए । विश्वव्यापी रुपमा अध्ययन गर्दा कोभिड–१९ को महामारी यतिमै सिमित रहने तथ्य स्पष्ट भइनसकेको उनले बताए । अर्को भेरियन्ट यो भन्दा कडा आएमा मात्र ओमिक्रोन विस्थापित हुने उनको भनाई छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख पौडेलले अहिले ८७ हजार जना हाराहारीमा संक्रिय संक्रमित रहँदा संस्थागत आइसोलेशनमा करिब १२ सय जनामात्र रहेको र अन्य संक्रमित घरमै आइसोलेसनमा बसिरहेको बताए । हाल दैनिक २०० जना हाराहारीको संक्रमितलाई सघन उपचार कक्षमा उपचार गर्नु परेको र त्यसमध्ये ३० देखि ४० जनालाई भेन्टीलेटर आवश्यक परेको उनले जानकारी दिए । यस्तै जनवरी महिनाको अन्तिम अर्थात माघ महिनाको मध्यमा पुग्दा संक्रमित हुने र अस्पतालको सेवा चाहिने संक्रमितको संख्या पनि धेरै बढ्ने प्रक्षेपण स्वास्थ्य मन्त्रालयले गरेको डा. पौडेलले जानकारी दिए ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्