बिद्यार्थी संगठनहरुले काठमाडौं मेडिकल र नोबेल मेडिकल कलेजलाइ ठगी मुद्दामा कारबाही गर्न माग

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बिभिन्न बिद्यार्थी संगठनहरुले काठमाडौं मेडिकल कलेज (केएमसी) र विराटनगरको नोबेल मेडिकल कलेजलाई ठगी मुद्दामा कारबाही गर्न माग गर्दै काठमाडौं प्रशासन कार्यालयमा मागपत्र बुझाएका छन् ।

नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु लगाएत बिभिन्न ८ बिद्यार्थी संगठनहरुले नियम बिपरित अतिरिक्त शुल्क लिएका दुई कलेजलाई ठगी मुद्धामा कारवाही अघि बढाउन मागपत्र बुझाएका हुन् ।

केएमसी र नोबेलले विद्यार्थीहरुले चिकित्सा शिक्षा आयोगले तोकेबमोजिमको शुल्क बुझाउँदा पनि एमबीबीएस, बीडीएस र बीएनएसका सन् २०२१ ब्याचका विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाएको , गैरकानूनी र गुण्डागर्दी शैलिमा बिभिन्न बहानामा अतिरिक्त शुल्क तिर्न बाध्य बनाएको र नियम बिपरित छात्रावासलाई अनिवार्य बनाइएको उनीहरुको आरोप छ । मेडिकल कलेजले चर्को मुल्य असुल गरिरहेको भन्दै बिद्यार्थी संगठनहरु आन्दोलित छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्