नेपालको जनसंख्या २ करोड ९१ लाख , पुरूषभन्दा ६ लाख बढी महिला

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । २०७८ सालको नेपालको कुल जनसंख्या  २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । २०६८ सालको तुलनामा नेपालमा झन्डै २७ लाखले जनसंख्या वृद्धि भएको हो ।

केन्द्रीय तथ्यांक विभागका अनुसार महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ रहेको छ । यो संगै नेपालमा पुरूषभन्दा ६ लाख महिला बढी रहेको प्रारम्भिक परिणाममा देखिएको छ । २०६८ सालको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख रहेको थियो ।

२०६८ सालको तुलनामा जनसंख्या वृद्धिदर घटेको विभागले जनाएको छ । विभागका अनुसार यसपटक ०।९३ प्रतिशत वृद्धिदर रहेको छ । यो सन् १९९८पछिको सबैभन्दा न्यून हो । वृद्धिदर १ प्रतिशतभन्दा कम भएको यसैपालि हो । विभागका अनुसार विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ रहेको छ ।

नेपालको जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्