किसानको मुद्दा उठाएर प्रदर्शनमा उत्रिएका जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप

Ad
  • कालोपाटी सम्बाददाता

जनकपुर । जनकपुरमा प्रहरी र जनमत पार्टीका कार्यकर्ताहरूबीच झडप भएको छ ।

राष्ट्रिय सभा निर्वाचनको मतदान भइरहेको स्थल वरपर जनमत पार्टीका कार्यकर्ताले बाँसको भाटासहित प्रदर्शन गरेका हुन् । प्रदर्शनको क्रममा प्रहरीले भिड नियन्त्रणमा लिन खोज्दा झडप भएको हो। उनीहरूले जनकपुरधामको रामानन्द चोकमा आज बिहानैदेखि प्रदर्शन गरेका थिए।

मतदानस्थल महेन्द्रनारायण निधि प्रतिष्ठानभित्र जनमत पार्टीका कार्यकर्ताहरू छिर्न खोजेपछि झडप भएको हो। प्रदर्शनमा उत्रिएकालाई तितरबितर पारिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरे बताए । सिके राउत नेतृत्वको जनमत पार्टीले किसानको मुद्दा उठाएर प्रदर्शन गरिरहेको छ। किसानलाई पहिले मल दिनुपर्ने अनि मात्र भोट भन्दै आज प्रदर्शन भएको थियो। उनीहरूले टायर बालेर प्रदर्शन गरेका थिए।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्