तीन सिटका लागि भएको सुदूरपश्चिमको मतदान सम्पन्न

Ad
  • कालोपाटी सम्बाददाता

धनगढी । सुदूरपश्चिममा रिक्त रहेका राष्ट्रियसभाका तीन सिटका लागि भएको मतदान सकिएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार धनगढीस्थित प्रदेशसभाको परिसरमा बिहान ९ बजेदेखि शुरू भएको मतदान सकिएको हो ।

तीन जना राष्ट्रियसभा सदस्यका लागि सत्तारूढ गठबन्धन र नेकपा एमाले चुनावी प्रतिस्पर्धामा छन् । गठबन्धनकातर्फबाट अन्यतर्फ नेपाली कांग्रेसका नारायणदत्त मिश्र, दलितमा माओवादी केन्द्रका जगत पार्की र महिलामा एकीकृत समाजवादीकी मदनकुमारी शाह गरिमा उम्मेदवार छन् भने एमालेबाट अन्यमा डिल्लीराज भट्ट, दलितमा नरेश विक र महिलामा सन्तोषकुमारी शर्मा थापा उम्मेदवार छन् ।

सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले प्रदेशसभाका सबै ५२ र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १७५ मत खसेको जानकारी दिए । उनकाअनुसार अहिले मुचुल्का उठाउने काम भइरहेको छ भने मतगणना पनि बुधबार नै शुरु गर्ने तयारी छ ।

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्