‘मुलुकमा सरकार छ भन्ने अनुभूत हुन सकेको छैन’ : अध्यक्ष लिङ्देन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा सरकार छ भन्ने अनुभूत हुन नसकेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाले मुलुकको कार्यपालीका न्यापालीका र व्यवस्थापिकाको अवस्था दयनिय रहेको भन्दै मुलुकमा सरकार रहेको अनुभूत हुन नसकेको बताएका हुन् । । उनले निर्वाचन सार्नका लागि सरकारले संसदलाई छलेर अध्यादेश ल्याउन लागेको दावी गरे ।

देश पूर्णरुपमा बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत भएको उहाले बताउनुभयो । उहाले मुलुकलाई सहि दिशा दिन युवाहरु राजनीतिमा आउनुपर्ने धारणा राखे ।

उनले राजनीतिक दलहरु सुध्रने र मुलुक वनाउने कुनै आशा नै नभएको टिप्पणी गरे ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्