पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको बिरोधमा बिद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला दहन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको बिरोधमा बिप्लव नेतृत्वको नेकपा निकट बिद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन् । नेकपा निकट अखिल क्रान्तिकारीले बुधबार काठमाडौंको चवाहीलस्थीत पशुपति क्याम्पस अगाडी पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् ।

सो क्रममा प्रहरीले हस्तक्षेप गरि बिद्यार्थीलाई तीतरबितर पारेको थियो । प्रदर्शनका क्रममा बिद्यार्थीहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको असर जनताको दैनिक जिवनयापनमा परेको भन्दै तत्काल फिर्ता लिनुपर्ने बताएका थिए ।

उनीहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता नभएसम्म निरन्तर आन्दोलन गर्ने चेतावनी दिए । नेपाल आयल निगमले गत बुधबार पेट्रोल प्रतिलिटर ३ रुपैयाँ, डिजेल तथा मट्टितेल पनि ३ रुपैयाँले बृद्धि गरेको थियो ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्