बाबुको हत्या आरोपमा आफ्नै छोरा पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

विराटनगर । मोरङको बेलबारी नगरपालिका–९ मा बाबुको हत्या गरेको आरोपमा प्रहरीले उनकै छोरालाई पक्राउ गरेको छ । ८० वर्षीय वृद्ध दलबहादुर खत्रीको हत्या आरोपमा प्रहरीले उनका ३५ वर्षीय छोरा जयबहादुर खत्रीलाई पक्राउ गरेको हो ।

बुधबार राति साढे ११ बजे सामान्य विवादमा बुबाको हत्या गरेको आरोप जयबहादुरमाथि लागेको छ । बुधबार राति विवाहमा मापसे गरी फर्किएका जयबहादुरले सामान्य विवादपछि बुबाको घाँटी थिचेर हत्या गरेको आरोप छ ।

घटनाको अनुसन्धानका लागि बुधबार राति नै जयबहादुरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्