बिहिबार आठ हजार १७ जनामा कोरोना संक्रमण पुष्टी, १५ जनाको मृत्‍यु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपालमा बिहीबार ८ हजार १७ जनामा कोरोना पुष्टी भएको छ ।

देशभर गरिएको १५ हजार ७ सय ३६ पिसिआर परिक्षणका क्रममा ५ हजार ८ सय १६ जना र ६ हजार ७२ एन्टीजेन परिक्षणका क्रममा २ हजार २ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप १५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ६ सय ८७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ५ हजार २ सय ९२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ३७ हजार ४ जना निको भएका छन् । हाल नेपालमा ९० हजार ५ सय ७६ सक्रिय संक्रमित आइशोलेशन र १ सय ४९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्