तीन दलका शीर्ष नेताहरुबीच भेटवार्ता , गठबन्धनको बैठक भोलि बस्दै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । आज सत्ता गठबन्धनका प्रमुख तीन दलका शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज छलफल भएको छ । प्रधानमन्त्री शेरबहादुर, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शुक्रबार बिहान छलफल गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबीच छलफल चलिरहेको बेला माधव नेपाल पनि पुगेका थिए । आजको छलफलमा भोलि सत्ता गठबन्धनको बैठक बोलाउने सहमति भएको छ ।’ सत्ता गठबन्धनबीच स्थानीय तहको निर्वाचन केही पछि धकेल्ने विषयमा बहस हुँदै आएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्