बँदेलको मासुसहित ६ जना पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

नवलपरासी । बँदेलको मासुसहित नवलपुर प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती नगरपालिका १६ चालीस किलो जंगलको पूर्व–पश्विम राजमार्गमा प्रहरीले चेकिङको क्रममा बँदेलको मासुसहित दुई वटा पिकअफ जिप र ६ जनालाई पक्राउ गरेको हो ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेका ना ३ च ७१८८ र लु २ च ६८९८ नम्बरको पिकअप जिपलाई रोकी चेकजाँच तथा खानतलासी गर्ने क्रममा ना ३ च ७१८८ नम्बरको पिकअप जिपमा चारवटा मृत बँदेल र दुईवटा टाउको, लु २ च ६८९८ नम्बरको पिकअप जिपमा तीनवटा मृत बँदेल र दुईवटा टाउकोसमेत बरामद गरेको हो ।

एउटामा दुई सय तीन केजी मासु र अर्कोमा दुई सय केजी बँदेलको मासु बरामद भएको प्रहरीले जनाएको छ । नेपालमा जंगली जनावर बँदेल मार्न र खान प्रतिबन्ध लगाइएको छ ।

पक्राउ पर्नेमा ना ३ च ७१८८ नम्बरको चालक पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ९ बस्ने वर्ष ३८ को हेमनारायण मुखिया थारू, सोही पिकअपमा सवार प्रतापपुर ९ कै ४५ वर्षीय प्रभु डुम, ३२ वर्षीय बब्लु डुम, लु २ च ६८९८ नम्बरको चालक पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ बस्ने वर्ष २७ को सुमित काउचर, सोही पिकअपमा सवार प्रतापपुर गाउँपालिका –७ बस्ने वर्ष १८ को अनिल केवट र वर्ष २१ को मुकेश राजभर रहेका छन् ।

बरामद पिकअफ, बँदेल र पक्राउ परेको ६ जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय नवलपुर कावासोतीको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्