निगमका कर्मचारीहरूले महाप्रबन्धक सहित तीन सञ्चालकलाई बर्खास्तीको माग

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाल वायुसेवा निगमका कर्मचारीहरूले महाप्रबन्धक डिमप्रसाद पौडेलसहित तीन सञ्चालक सदस्यलाई बर्खास्तीको माग गरेका छन् । १३ पुस ०७८ देखि कतारको दोहामा ग्राउन्डेड भएको निगमका जहाज तत्काल बनाउनुपर्ने निर्णय नगरी निगममा खलल पुग्ने गरी वक्तव्य जारी गरिएको भन्दै पौडलसहित सञ्चालक समिति सदस्य फुर्वा ग्याल्जेन शेर्पा र ईश्वरी पौडेलको बर्खास्तीको माग कर्मचारीले गरेका हुन् । तीनैजनाले निगमलाई निजीकरण गर्न लागिपरेको आरोप लगाइएको छ ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल वायुसेवा निगम, नेपाल वायुसेवा निगम कर्मचारी संघ र नेपाल वायुसेवा निगम कर्मचारी युनियनले आइतबार संयुक्त रूपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत मन्त्री प्रेमकुमार आलेलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूको बर्खास्तीको माग गरेका हुन् ।

सरकारले आन्तरिक उडानका लागि अन्य जहाज नआएसम्मका लागि चिनियाँ जहाज सञ्चालनको तयारी गरेको छ । ‘ती तीनजनाले सञ्चालन नै हुन सक्दैन भनेर विज्ञप्ति जारी गरेका छन्,’ पुनले भने । निगमको सञ्चालक समितिमा प्रस्तावमा भएका अतिगोप्य प्रस्ताव छलफल नहुँदै सार्वजनिक गरिएको आरोप कर्मचारीको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्