छिटो भन्दा छिटो संघको अधिवेशन गर्न नेविसंघका बिद्यार्थीहरुको अनुरोध

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाल बिद्यार्थी संघले बिधिवत र लोकतान्त्रीक प्रकृयाबाट अधिवेशन गर्न अनुरोध गरेको छ ।

सोमबार कांग्रेस पार्टी कार्यालय सानेपामा पुगेका उपत्यकाभित्रका नेविसंघ आवद्ध बिद्यार्थीहरुले छिटो भन्दा छिटो संघको अधिवेशन गर्नका लागि अनुरोध गरेका हुन् । उनीहरुले रिक्त र अपूर्ण रहेको संघको केन्द्रीय समिति पूर्णरुपमा गठन गर्न पनि अनुरोध गरेका छन् । नेविसंघ आवद्ध बिद्यार्थी विनोदराज जोशीले नेविसंघभित्र देखिएका समस्या समाधान गर्नका लागि आग्रह गरे । उहाले कांग्रेस र कांंग्रेसका नेताहरु आफुहरुको अभिभावक भएको र संघको अधिवेशन नहुँदा निष्कृष देखिएको बताए । उहाले छिटो भन्दा छिटो अधिवेशन गरेर संघलाई गतिशिल प्रदान गर्न आग्रह गरे ।

सो क्रममा नेविसंघका पूर्वअध्यक्ष एवं कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसको बिधानले गरेको व्यवस्था अनुसार छिटो अधिवेशन हुनुपर्ने बताए । उनले बिधानको अक्षेरक्ष पालना गर्नका लागि पार्टीको बैठकमा ध्यानाकर्षण गराउने उल्लेख गरे ।

नेविसंघको अधिवेशन बिभिन्न कारणले समयमै हुन सकेको छैन । कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट भातृसंगठनको अधिवेशनको मिति तोक्ने तयारी गरेको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्