सिसिटिभी प्रणाली जडानका लागि महानगरीय प्र्रहरी र महानगरपालिका बीच सम्झौता

Ad
  • कालोपाटी सम्बाददाता

ललितपुर । ललितपुर महानगरपालिका र महानगरीय प्रहरी परिसर जावलाखेलबीच शहरी सुव्यवस्थापनको लागि सिसिटिभी प्रणाली जडान तथा संचालनका लागि सम्झौता भएको छ ।

सोमबार ललितपुरमा एक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र महानगरीय प्र्रहरी परिसर, जावलाखेलका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेलले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता पत्रमा हस्ताक्षर पछि बोल्दै ललितपुर महानगरपालिकाका मेयर महर्जनले महानगरपालिकाले गत वर्षदेखि ललितपुर महानगरपालिकालाई स्मार्ट सिटी बनाउने उद्देश्यले स्मार्ट लाइट तथा सिसिटिभी जडान गर्ने नीति लिएको बताए । उनले ललितपुर महानगरले महानगर भित्र महानगर तथा वडा स्तरमा समेत सिसिटिभी जडान र व्यवस्थापन गर्दै आएको बताए । मेयर महर्जनले सिसिटिभी जडानलगायत अन्य सुरक्षाको विषयमा महानगर प्रहरी परिसरसँग नजिक बसेर सहयोग गर्दै आएको बताए । उनले महानगरले जडान गरेको सिसिटिभी नेपाल प्रहरीको केन्द्रिय सिसिटिभी प्रणालीमा जडान गर्नु पर्ने बताए । यस्तो गर्दा जडान भएका सिसिटिभीहरु निर्वाद रुपमा सञ्चालन हुन सक्ने मेयर महर्जनको भनाई छ । उनले सिसिटिभी जडानको लागि महानगरपालिकाले २ करोड रुपैयाँ बजेट व्यवस्थापन गरेको बताए । अब स्थानीय निकायहरु नयाँ नयाँ प्रविधि अनुसार चल्न सक्नुपर्ने पनि मेयर महर्जनले बताए ।

त्यस्तै महानगरीय प्रहरी परिसर जावलाखेलका प्रहरी वरिष्ठ उपरिक्षक यज्ञ विनोद पोखरेलले सिसिटिभी जडान कार्यले ललितपुर महानगरपालिकाको सुरक्षाको लागि महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले सुरक्षाको लागि स्थानीय सरकार अभिन्नअंग भएकाले प्रहरीलाई स्थानीय सरकारको हरेक पलमा सहयोग अवश्यक गर्ने बताए ।

प्रहरी वरिष्ठ उपरिक्षक पोखरेलले ललितपुर महानगरपालिकाले विभिन्न स्थानमा सिसिटिभी क्यामेरा जडान गर्ने गरी प्रहरीलाई २ करोड रुपैया दिएर सुरक्षाको दृष्टिले अत्यन्तै महत्वपूर्ण काम भएको बताए । उनले सडकमा सिसिटिभी जडान कार्यले सुरक्षा र अन्य विभिन्न कुराको लागि महत्वपूर्ण रहेको बताए ।

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्