‘नेविसंघलगायतका भातृ संस्थाहरुको महाधिवेशन सम्पन्न गर्ने छलफल भईरहेको छ’ : महामन्त्री शर्मा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेविसंघलगायतका पार्टीका भातृ संस्थाहरुको महाधिवेशन सम्पन्न गर्ने विषयमा पार्टी भित्र छलफल भईरहेको बताएका छन ।

महामन्त्री शर्माले नेविसंघलगायतका भातृ संस्थाहरुको समस्या समाधान गरेर जाने विषयमा अर्का महामन्त्री गगनकुमार थापा र आफूले बढि जोड दिएको पनि बताए । सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपा पुगेका नेविसंघका विद्यार्थी नेताहरुसँग कुरा गर्दै उनले भातृ संस्थाहरुमा देखिएको समस्या समाधानका लागि प्रक्रिया समेत अघि बढाइएको बताए । नेविसंघका पूर्वअध्यक्ष समेत रहनु भएका उनले मुलुकको लोकतान्त्रिकरणसँगै विकास, निर्माणको प्रक्रियालाई तीव्रता दिन पनि नेविसंघ जस्ता संगठनहरु बलियो हुनुपर्नेमा आफूहरु सचेत रहेको पनि बताए ।

महामन्त्री शर्माले आफू बोलेर भन्दा पनि कामै गरेर देखाउने भएकाले यस विषयमा पनि धेरै बोल्नै पक्षमा नरहेको पटकपटक दोहो¥याए । उनले आफूहरु पार्टीको पदाधिकारीमा आएपछि पार्टी भित्र देखिएको समस्याहरुलाई प्रक्रियामा लगेर समाधान गर्न लागि परेको बताए । त्यस अवसरमा विद्यार्थी नेताहरुले नेविसंघको महाधिवेशन छिटो सम्पन्न गराउन पहल गरिदिन महामन्त्री शर्मासँग आग्रह गरेका थिए ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्