समयमै निर्वाचनको मिति तोक्न माग गर्दै गरे अनेरास्ववियुले प्रधानमन्त्रीको पुत्ला दहन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । समयमै निर्वाचनको मिति तोक्न माग गर्दै प्रमुख विपक्षी दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ ।

अनेरास्ववियुले सोमबार काठमाडौंको प्रदर्शनीमार्गस्थीत आर आर क्याम्पस अगाडी प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । तत्काल निर्वाचन मिति घोषणा गरेर समयमै निस्पक्ष निर्वाचन गर्न अनेरास्ववियुले प्रदर्हन गरेको हो ।

निर्वाचनको मिति घोषणा गर्न माग गर्दै अनेरास्ववियुले माघ १८ गते प्रतिकात्मक रुपमा सरकारका मन्त्रीहरु सहभागि कार्यक्रममा कालोझण्डा देखाउने र माघ १९ गते संघिय राजधानी (काठमाडौं) र प्रदेश राजधानीहरुमा कानूनविदहरुको उपस्थितिमा सडक बहस गर्ने अनेरास्ववियुले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्