महानगरपालिकाले महानगर भित्र सात स्थानमा नगर प्रहरी सूचना केन्द्र स्थापना गर्ने

Ad
  • कालोपाटी सम्बाददाता

ललितपुर । ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्रका सात स्थानमा नगर प्रहरी सूचना केन्द्र स्थापना गर्ने भएको छ ।

मंगलबार ललितपुरमा एक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नगर प्रहरी सूचना केन्द्रको उद्घाटन गरेका हुन् । सूचना केन्द्र उद्घाटन कार्यक्रममा बोल्दै मेयर महर्जनले ललितपुर महानगरपालिकालाई स्मार्ट सिटि बनाउनको लागि सूचना केन्द्र पहिलो माध्यम भएको बताए । उनले महानगरपालिकालाई स्मार्ट सिटि बनाउनको लागि महानगरले एकपछि अर्को काम निरन्तर रुपमा गर्दै आएको पनि बताए । मेयर महर्जनले हेर्दा सानो देखिए पनि यो सूचना केन्द्र अत्यन्तै महत्वपूर्ण रहेको बताए । महानगरपालिका भित्रको सात स्थानमा यस्तो खालको सूचना केन्द्र स्थापना गरिने उनको भनाई छ ।

त्यस्तै मेयर महर्जनले ललितपुर महानगरपालिका क्षेत्रभित्रका सडकमा ट्राफिक लाइटको समस्या रहेकाले महानगरपालिका भित्रका ६ वटा मुख्य–मुख्य चोकमा ट्राफिक लाइट जडान गर्ने तयारीमा महानगरपालिका रहेको बताए । उनले अगाडि नै लाइट जडान गर्ने टेण्डर गरेपनि अख्तियार परेको कारण काम गर्न नकिएको बताए । तर अहिले अख्तियारलाई स्पष्ट बनाएर अहिले ट्राफिक लाइट जडानको लागि ठेक्का समेत स्वीकृत भएकाले चाडै लाइट जडान गरिने मेयर महर्जनले बताए । अब जडान गरिने लाइट नयाँ टेक्नोलोजी अनुसारको ट्राफिक जाम लाइटले नै व्यवस्थापन गर्ने मेयर महर्जनको भनाई छ ।

ललितपुर महानगरपालिकाले महानगरले गरेका कामको विषयमा सर्वसाधरणलाई सहजै जानकारी दिने तथा कुन शीर्षकको राजश्व कति तिर्नु पर्ने लगायतको जानकारी दिने गरी जावलाखेल, लगनखेल, हरिसिद्धि, धापाखेल, नखिपोट, भैंसिपाटी, सानेपा, रिङ्गरोड भित्र ३ र रिङ्गरोड बाहिर ४ स्थानमा नगर प्रहरी सूचना केन्द्र राख्ने भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्