‘सरकारले संविधानको मर्मर भावना अनुसार नै स्थानीय तहको निर्वाचन गर्नुपर्ने’ : नेता सिंह

Ad
  • कालोपाटी सम्बाददाता

मंगलबार । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संविधानको मर्मर भावना अनुसार नै स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताए ।

मंगलबार आफ्नो निर्वाचन क्षेत्रमा कोरोनाबिरुद्धको खोप अभियानको निरक्षणका क्रममा नेता सिंहले निर्वाचन आयोगले संविधान र कानुनबमोजिम स्थानीय तहको निर्वाचनको मिति प्रस्ताव गरिसकेकाले सरकारले आवश्यक प्रक्रिया पुराएर निर्वाचनको मिति तय गर्नुपर्ने बताए । उनले वर्तमान सत्ता गठबन्धन र सरकार नै संविधान र लोकतन्त्रको रक्षा गर्ने सन्दर्भमा निर्माण भएकाले यो सरकारले संविधान मिच्न नमिल्ने तर्क गरे । तत्कालीन कम्युनिष्ट सरकारले म्याण्डेड बमोजिम कार्य गर्न नसकेको र संविधानलाई भंग गर्ने प्रयास गरेकालेसंविधानको रक्षा गर्न गठबन्धन सरकार बनेको उनको भनाई छ ।

यस्तै मंगलबार नै बागमति करिडोरका बारेमा जानकारी लिदै नेता सिंहले बागमती नदि किनारमा स्थानीयको प्रयासमा निर्माण भएका पार्कलाई एकीकृत बागमती आयोजनाले मास्न नहुने बताए । उनले बागमती किनारमा रहेका पार्क बगैंचा निर्माण गरिरहेका संघसंस्था र स्थानीयहरुसंंग छलफल पनि गरे ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्