भारतमा पछिल्लो २४ घन्टामा १ लाख ६७ हजार संक्रमण पुष्टी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । भारतमा पछिल्लो २४ घन्टामा भारतमा १ लाख ६७ हजार नयाँ संक्रमण पुष्टी भएको छ । यो अघिल्लो दिनको तुलनामा २० प्रतिशत संक्रमण दर घटेको हो ।

मंगलबार २ लाख नौ हजार नयाँ संक्रमित देखिएका थिए । अहिलेसम्म भारतमा कोभिडबाट संक्रमित हुनेको संख्या ४ करोड १४ लाख नाघेको छ । पछिल्ला साता संक्रमण क्रमिक रुपमा घटे पनि मृत्यु हुनेको संख्या भने बढिरहेको छ ।भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा भारतमा कोभिडबाट एक हजार १९२ जनाको मृत्यु भएको छ । कोभिडबाट सबैभन्दा बढी केरलामा मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा केरलामा ६३८ जनामा संक्रमण देखिएको छ ।

भारतमा अहिलेसम्म ७५ प्रतिशत वयस्कले पूर्ण खोप लगाईसकेका छन् ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्