गृहमन्त्री खाँण र अध्यक्ष नेपालबिच भेटवार्ता

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र गृहमन्त्री बालकृष्ण खाँण बिच भेटवार्ता भएको छ ।

बुधबार बिहान १० बजेपछि गृहमन्त्री खाण अध्यक्ष नेपालको निवास कोटेश्वर पुगेका हुन् । स्थानीय तहको निर्वाचनका सन्दर्भमा बिफ्रिङ गर्ने उनि अध्यक्ष नेपालको निवास पुगेका थिए । गृहमन्त्री खाँणका निजी सचिव नरेन्द्र केसीकाअनुसार स्थानीय तहको निर्वाचन कसरी सम्पन्न गर्ने भन्ने विषयमा छलफल भएको थियो । यस्तै स्थानीय निर्वाचनका सन्दर्भमा गृहमन्त्री खाँणले आजै १ बजेबाट सुरक्षा समितिको गरिरहेका छन् ।

स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्न प्रधानमन्त्री तयार भएपछि राजनीतिक भेटघाटले तीव्रता पाएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्