विकासमन्त्री झाँक्रीद्धारा धोविखोला करिडोर क्षेत्रमा भएको सडक अतिक्रमणको अनुगमन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले धोविखोला करिडोर क्षेत्रमा भएको सडक अतिक्रमणको अनुगमन गरेका छन् ।

सडक अतिक्रमण नगर्न पटकपटक सचेत गराउँदा पनि नमानेपछि बुधबार मन्त्री झाँक्री आफैं सो करिडोरको अनुगमनमा गएका हुन् । सवारी साधन नै पास नहुने गरी निर्माण सामग्री राख्ने, पसल राख्ने, टेवल, कुर्सी समेत राखेर बस्ने अवस्था भएपछि उपत्यका विकास प्राधिकरणले कानुन विपरित सडक अतिक्रमण नगर्न सचेत गराउँदै आएको थियो । मन्त्री झाँक्रीले आज अनुगमनका क्रममा पनि सडक अतिक्रमण गर्ने काम नगर्न पुनः एक पटक सचेत गराइएको बताए ।

अव पनि नमाने उनीहरुमाथि कानुन बमोजिम कारबाही गर्ने उनले बताए । उपत्यका विकास प्राधिकरण ऐन अनुसार सडक अतिक्रमण गर्न निषेध गरिएको छ । तर सो ऐन विपरित सडक अतिक्रमण गर्नेहरुलाई अव कानुन बमोजिम कारबाही गर्ने सरकारको तयारी छ । मन्त्री झाँक्रीले सार्वजनिक स्थलहरुको अतिक्रमण हुन नदिने गरी अनुगमन गर्न पनि उपत्यका विकास प्राधिकरणलाई निर्देशन दिए ।

मन्त्री झाँक्रीको अनुगमनका क्रममा प्रहरीले सडकमा राखिएका निर्माण सामग्री, पसल आदि हटाएको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्