द्रुतमार्ग निर्माणमा अझै थप १ खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने, रकमको व्यवस्थापनका लागि सरोकारवाला मन्त्रालयहरुसँग छलफल गर्ने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौं–तराई/मधेश द्रुतमार्गलाई निर्धारित समयमा सम्पन्न गराउनका लागि आवश्यक पर्ने थप रकम व्यवस्थापनका लागि संसदीय समितिले सरोकारवाला मन्त्रालयहरुसँग छलफल गर्ने भएको छ ।

काठमाडौं–तराई/मधेश द्रुतमार्गको अवलोकन भ्रमण समेत गरेको राष्ट्रिय सभा अन्तरगतको प्रत्यायोजित व्यवस्थापन समितिले द्रुतमार्ग सम्पन्न गर्नका लागि थप १ खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने निष्कर्ष निकाल्दै सो रकमको व्यवस्थापनका लागि सरकारका सरोकारवाला मन्त्रालयहरुसँग छलफल गर्ने भएको हो । समितिको बिहीवार बसेको बैठकपछि सभापति रामनारायण विडारीले द्रुतमार्ग सम्पन्न गर्नकालागि हालसम्म खर्च भइसकेको बाहेक थप १ खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने देखिएको र त्यति रकमको स्रोत सुनिश्चित नहुञ्जेल काम अगाडी बढेमा काममा अवरोध हुने भएकाले रकम सुनिश्चितताका लागि सरकारका सम्बन्धित सरोकारवाला मन्त्रालयहरुसँग छलफल गरिने बताए ।

उनले विभिन्न मन्त्रालयहरुबिच समन्वय नभएका कारण काम गर्न ढिलाई भइरहेको भन्दै मन्त्रालयहरुबिचमा समन्वय बढाइ काम सम्पन्न गराउने विषयमा पनि सम्बन्धित मन्त्रालयहरुसँग छलफल गरि समितिले आगामी दिनमा निर्देशन दिने बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्