जनवर्गीय संगठनद्धारा एमसीसी र इन्धनमा गरिएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी निकट जनवर्गीय संगठनले एमसीसी र इन्धनमा गरिएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ ।

बिहीबार उनीहरुले एमसीसी लागू हुन नहुने र इन्धनको मूल्यवृद्धि फिर्ता लिन माग गरेका थिए । प्रदर्शनमा सहभागीहरुले पेट्रोलियम पदार्थको मूल्य बृद्धि खारेज गर, महङ्गी नियन्त्रण गर, राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए । जनजिविकाका मुद्धामा सरकार गम्भीर नभएको भन्दै उनीहरुले सरकारबिरोधी नारा लगाएका थिए । इन्धनको मूल्यवृद्धि हुनुको कारण नेपाल सरकारको अव्यवहारिक कर भएको भन्दै मूल्यवृद्धि फिर्ता हुनुपर्ने नेकपाका नेता राम लाल बिश्वकर्माले बताए । उनले जनताको सवालमा नेकपाले सदैव अग्रणी मोर्चाका साथ आन्दोलन गर्ने उहाले बताए ।

इन्धनको मूल्यवृद्धि भएपछि निरन्तर बिरोध हुँदै आएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्