उपाधि विजेता नेपाली महिला भलिबल टोली ५/५ लाख नगदसहित पुरस्कृत

Ad
  • कालोपाटी सम्बाददाता

 

काठमाडौं । सरकारले बंगलादेशमा आयोजना भएको एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली महिला भलिबल टोलीलाई नगदसहित पुरस्कृत गरेको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालेसेन्ट्रल जोन विजेता महिला भलिबल टोलीलाई नगदसहित पुरस्कृत गरेको हो । प्रधानमन्त्री देउवाले उपाधि विजेता टोलीका १२ जना खेलाडीलाई जनही ५/५ लाख प्रदान गरेका छन् । त्यस्तै २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख नगदले पुरस्कृत गरेको छ । त्यस्तै उनले नेपाली फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई पनि सम्मान गरेका छन् । कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपालको खेल जगतले अन्तराष्ट्रिय स्तरमा देखाएको प्रदर्शनको प्रसंसा गरे ।

उनले मुलुकमा खेलकुद पूर्वाधार निर्माणका लागि पनि सरकार प्रतिवद्ध रहेको बताए । उनले नेपालको फुटबल क्षेत्रमा पनि निकै सुधार भएको भन्दै अब्दुल्लाह अलमुताइरीलाई धन्यवाद दिदै आगामी दिनमा फुटबलमा थप सफलता प्राप्त गर्ने बताए । त्यस्तै खेलकुदमन्त्री महेश्वरजंग गहतराजले सम्मानका साथै खेलाडीमाथि राज्यले थप जिम्मेवारी थप गरेको बताए । उनले खेलाडीहरुलाई भएको समस्यामा बारेमा सरकार गम्भीर रहेको भन्दै भलिवल खेल्नका लागि पूर्वाधार निर्माण गर्न आगामी बजेटले आवश्यक सम्बोधन गर्ने जानकारी दिए । कार्यक्रममा राष्ट्रिय महिला भलिवल टिमकी कप्तान अरुणा शाहीले भलिवल प्रशिक्षणका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए ।

गत पुसमा ढाका उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपालको महिला टिम च्याम्पियन बनेको थियो । नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । पुरुषतर्फ भने नेपाल चौंथो स्थानमा रहेको थियो । त्यस्तै अलमुताइरीको नेतृत्वमा घरेलु फुटबल टोली नेपालले हालै सम्पन्न मोरिससविरुद्धको मैत्रीपूर्ण खेल जितेको थियो । भलिबल  खेलाडी सम्मान कार्यक्रम

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्