तत्काल विद्यालय खुल्ने की नखुल्ने बारे छलफल हुदै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । प्रधानमन्त्री कार्यालयमा विद्यालय खुल्ने कि नखुल्ने भन्नेबारे एक बजे देखि छलफल सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा शुक्रबार दिउँसो सुरु भएको अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले जानकारी दिए । विद्यालय खुल्ने कि नखुल्ने भन्नेबारे आजको छलफलले एउटा निर्णय गर्नेछ ।

बैठकमा शिक्षा मन्त्रालयका प्रवक्ता, प्याब्सनका प्रतिनिधि र सीसीएमसीका प्रतिनिधि सहभागी छन् । यसअघि प्याब्सनका प्रतिनिधिले शिक्षामन्त्री देवेन्द्र पौडेललाई भेटेर माघ २३ गतेपछि विद्यालय खोल्न पाउनुपर्ने माग राखेका थिए ।सरकारले माघ २३ गतेसम्म विद्यार्थीका लागि सम्बन्धित विद्यालयमै विशेष खोप अभियान चलाएको छ । त्यसपछि भौतिक रुपमै विद्यालय सञ्चालन गर्नुपर्ने प्याब्सनको जोड छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्