बुटवलमा दुर्घटना हुँदा युवकको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

बुटवल । बुटवल उपमहानगरपालिका–२ तिनाउ पुलमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।

गए राति १२ बजे भएको उक्त दुर्घटनामा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ का ३० वर्षीय वासु आचार्यको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१९च ९१५७ नंको जिपले विपरीततर्फ दिशाबाट आउँदै गरेको आचार्य सवार लु२४प २७५७ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते आचार्यको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा गए राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्