‘नेताहरुको कुदृष्टिको कारणले गर्दा देश बिग्रिएको हो’ : मन्त्री आले

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेताहरुको कुदृष्टिको कारणले गर्दा देश बिग्रिएको बताएका छन् ।

पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै मन्त्री आलेले नेताहरुको कारण देश बिग्रिएको बताएका हुन् । नेताहरुको चरित्र असल भएको भए देशको यो हालत नहुने भन्दै उनले नेताहरुको कुदृष्टिका कारण देश बिग्रिएको बताए । देश बिग्रिनुको पहिलो दोष राजनीतिज्ञहरुलाई जाने उनले बताए । मन्त्री आलेले आजको दिनसम्म मन्त्रालय अन्र्तगतको विभिन्न अनियमितताहरुको अध्ययन गर्नमै आफ्नो समय खर्च भइरहेको उल्लेख गरे े । उनले तत्कालिन पर्यटन मन्त्री योगेश भट्टराईले बतास समुहसँग सेटिङ गरि सस्तोमा जग्गा भाडामा उपलब्ध गराउनेदेखि विभिन्न निकायहरुमा बतास समुहसँग सम्बन्धित मान्छेहरुलाई राजनीतिक नियुक्ति दिलाएको आरोप पनि लगाए ।

उनले मन्त्रीहरुले राजनीतिक नियुक्ति दिलाउनको लागि बार्गेनिङ गर्ने गरेको देखेको पनि बताउनुभयो । मन्त्रीसँग आर्थिक बार्गेनिङ गरेर नियुक्त भएको मान्छेले काम नगर्ने र पैसा कमाउने मात्रै उद्दे्रश्य राख्ने पनि गरे ।

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्