४० दशमलव ५७ अंकले घट्यो नेप्से परिसूचक

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक आईतबार ४० दशमलव ५७ अंकले घटेको छ । आईतबार नेप्से परिसूचक बिहिबारको तुलनामा ४० दशमलव ५७ अंकले घटेर २ हजार ८ सय ३६ दशमलव १७ विन्दुमा पुगेको हो ।

आईतबार २२८ कम्पनीको १ करोड ०६ लाख ५१ हजार ७५४ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ८३ करोडमाथिको सेयर कारोबार भएको छ । यस्तै आइतबारको सेयर बजारमा विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्