टेनिस महासंघद्दारा मन्त्री गहतराज सहित विभिन्न ब्यक्तित्वहरुलाई सम्मान

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । अन्तर्राष्ट्रिय सफ्ट टेनिस महासंघले विभिन्न ब्यक्तित्वहरुलाई सम्मान तथा महासंघको विभिन्न ओहदामा मनोनयन गरेको छ ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच महासंघले सफ्ट टेनिसको विकास र विस्तारमा विभिन्न तवरले सहयोग पुयाउने तथा विभिन्न ब्यक्तित्वहरुलाई सम्मान गरेको हो । सम्मानित हुने ब्यक्तित्वहरुमा युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज (अथक), सचिव दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोईराला, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष माननिय जीवन राम श्रेष्ठ लगाएत छन् । यस्तै महासंघले लाईफटाईम एचिभमेण्ट अवार्डबाट महासंघका महासचिव चोई सियोङ्ग कोनलाई सम्मान गरेको छ ।

सम्मान कार्यक्रममा महासंघका अध्यक्ष श्रीबिनय विक्रम शाहले विभिन्न ब्यक्तित्वहरुलाई विभिन्न पदमा मनोनयन पनि गरेका छन् । नेपाल सफ्ट टेनिस संघका उपाध्यक्ष विकास पाण्डेलाई अन्तराष्ट्रिय महासंघको डेपुटी महासचिव र अम्पायर तथा नियम कमिटिको अध्यक्षमा र सफ्ट टेनिस संघका सदस्य आनन्द प्रसाद श्रेष्ठलाई सदस्यमा चयन गरेका छन् । यस्तै पूर्व अन्तराष्ट्रिय खेलाडी तथा संघका पूर्व सदस्य एसएसपी अशोक सिंह र पूर्व अन्तराष्ट्रिय खेलाडी एवं संघकी सदस्य एवं प्रशिक्षक निरा कायस्थलाई महासंघको निर्देशकमा मनोनयन गरेको छ ।

सोही अवसरमा अन्तराष्ट्रिय सफ्ट टेनिस महासंघबाट प्राप्त खेलकुद सामाग्री महासंघका महासचिव चोई सियोङ्ग कोन र उपाध्यक्ष लि ह्युन टेकले मन्त्री गहतराजलाई र मन्त्रीले संघका उपाध्यक्ष विकास पाण्डेलाई हस्तान्तरण गरे ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्